सागमा पदक विजेता सम्मानित

0
Shares

काठमाडौं । 

१२औं र १३औं दक्षिण एसियाली खेलकुद (साग) मा लगातार पदक विजेता उसुका हरिप्रसाद गोले सम्मानित भएका छन् ।
बुढानीलकण्ठ कुङ्फुले शनिबार विश्व कुङ्फु दिवसका अवसरमा गोलेलाई सम्मान गरेको हो ।

गोलेले भारतमा सम्पन्न १२औं सागमा रजत र नेपालमै भएको १३औं सागमा थाउलोतर्पm कांस्य पदक जितेका थिए । बुढानीलकण्ठ नगरपालिकास्थित बुढानीलकण्ठको नारायणथान मन्दिरमा आयोजित एक कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा, वडा–१ का अध्यक्ष सुरेन्द्र लामा, वडा–३ का अध्यक्ष आकाश धिताल र वडा–५ का अध्यक्ष कृष्ण शाह ठकुरी पनि सम्मानित भए ।

उनीहरूलाई नेपाल कुङ्फु संघका अध्यक्ष सीताराम हुमागाईं, बालविकास बोर्डिङ हाई स्कुलका प्रिन्सिपल महेशकुमार श्रेष्ठ, बुढानीलकण्ठ कुङ्फुका प्रमुख सुकुमान लामा र नेपाल व्यायाम सेन्टरका विनोद महर्जनले सम्मानपत्र प्रदान गरे । बुढानीलकण्ठ कुङ्फुले शनिबार नै विभिन्न कार्यक्रम आयोजना गर्दै विश्व कुङ्फु दिवस पनि मनाएको थियो ।