वीरगञ्जको बाटो चौडा हुने


वीरगञ्ज ।

वीरगञ्जको गण्डकदेखि मितेरी पुल सम्मको मेनरोड फराकिलो हुने भएको छ । त्रिभुवन राजपथ अन्तर्गत पर्ने गण्डकदेखि मितेरी पुल सम्मको साढे २२ मिटर दायाँ र साढे २२ मिटर बायाँ अर्थात (२५÷२५ गज) सडक अतिक्रम हटाउन एक साता भित्र सूचना प्रकाशन गरीने भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राइले एक कार्यक्रममा बताउनु भएको हो ।

उहाँले सडकको अतिक्रमण हटाउन सडक विभागका महानिर्देशक अर्जुन जङ्ग थापा लाई निर्देशन समेत दिनुभयो । सर्वोच्च अदालतले २५ गज अर्थात ७५ फिट सडक विभागको क्षेत्रमा पर्ने भएकोले सडक अतिक्रमण हटाउन आदेश गरीसकेको मन्त्री राइले बताउनुभयो ।

अतिक्रमण हटाउन एक सात भित्र सूचना प्रकाशन गरी नयाँ सडक निर्माण तथा विस्तारको कार्य अघि बढाउन सडक विभागका महानिर्देशक थापालाई निर्देशन दिनु भएको हो ।

शनिबार वीरगन्जलाई ग्रामीण भेगसंग जोडने तिलावे पुलको उद्धाटन गर्दै उहाँले पर्साको भौतिक विकासमा बाधा नपुर्याई सहयोग गर्न आग्रह गर्दै लामो समयदेखि अदालतमा विचाराधिन सडकको मुद्दा फैसला भईसकेको अवस्थामा अब वीरगन्जको भौतिक विकास कार्यलाई अगाडि बढाउन समबन्धित सबै पक्षलाई आग्रह गर्नुभयो ।

यस्तै बन तथा वातावरण मन्त्री प्रदीप यादवले पर्सासंग जोडीने सबै सडकलाई सुचारु बनाउन प्रतिबद्ध रहेको बताउनुभयो ।