१८ वडाबाट एसईई उत्तीर्ण २४ विद्यार्थी सम्मानित


ललितपुर ।

ललितपुर महानगरपालिका–१८ ले बिसं २०७८ सालको एसईई परीक्षा उत्तीर्ण २४ जना विद्यार्थीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा सो वडामा स्थायी वसोबास गर्ने विद्यार्थी हुन । वडा अध्यक्ष दामोदर खड्का र सदस्यहरु राधिका रोक्का, गोपाल डंगोल र निरज कुँवरले सम्मान गर्नुभएको थियो । सबैलाई सल र वुद्धको प्रतिमाले सम्मान गरिएको हो ।

 

सम्मान कार्यक्रममा बोल्दै वडा अध्यक्ष खड्काले एसईई उत्तीर्ण विद्यार्थीलाई शुभकामना दिदै आर्थिक अभावको वा अन्य कारणबाट पढाई पूरा गर्न नसक्ने अवस्था आए वडाले सहयोग गर्ने बताउनुभयो । उहाँले वुवाआमा, आफ्नो र साथीभाइको लहलहैमा विद्यालय छनौट गर्ने भन्दापनि विद्यालयले विगतमा गरेको सफलताको आधारमा छनौट गर्न आग्रह गर्नुभयो ।

जसरी अध्ययन गरेपछि उत्कृष्ठ स्थान ल्याउनेगरी अध्ययन पूरा गर्न आगह गर्दै अध्यक्ष खड्काले भन्नुभयो–वडाले गरेको यो सम्मानको सार्थकता त्यतिबेला हुन्छ , उत्कृष्ठ अंक ल्याएर वडाको सान राख्न सकुन । उहाले अध्ययनपछि विदेश जाने वातवरणको अन्त्य गर्नुपने बताउदै नेपालमा रहेका उत्कृष्ठ कलेजमा अध्ययन गरेर नेपालीको पहिचान बनाउन सिक्नुपर्छ । उहाँले एसईई सम्मन कार्यक्रमलाई आगमी वर्षमा पनि निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य गोपाल डंगोलले वडा कार्यालयले आब्हान गरे बमोजिम २४ जना विद्यार्थीलाई सम्मान गरिएको जानकारी दिनुभयो । उहाले यस्ता सम्मान कार्यक्रममालाई आगामी वर्षमा निरन्तरता दिने बताउदै आगामी वर्षबाट सम्भव भएसम्म उत्कृष्ठ विद्यार्थी छनौट गरी आर्थिक सहयोग गर्ने बताउनुभयो । समाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत एसईई उतिर्ण विद्यार्थीलाई सम्मान गरिएको जानकारी गराउनुभयो ।

 

श्रीवालकुमारी आधारभुत विद्यालयका प्रधानअध्यापक कृष्णहरी थापाले वडामा स्थायी वसोबास गर्ने एसईई परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीलाई सम्मान गरेकोमा वडा कार्यालयलाई धन्यवाद दिनुभयो । उहाले वडामा रहेको एकमात्र आधारभुत विद्यालयलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । हाम्रो विद्यालयबाट कक्षा ७ उतिर्ण गरी तथथीन वर्ष अघि आदर्श शौल विद्यालयमा गएका मध्य ६ जना विद्यार्थीले उत्कृष्ठ स्थान हासिल गर्न सफल भएको बताउनुभयो ।

उहाले भन्नुभयो–तपाईहरु अहिले काचो माटो जस्तै हुनुहन्छ । अबको बाटो सहजढंगले पार गरे उज्वल भविश्य बनाउन कुनै कठिन हुदैन सम्मानित विद्यार्थीलाई शुभकामना दिदै प्रअ थापाले भन्नुभयो । कार्यक्रममा पत्रकार ईश्वरराज ढकालले सम्मानित विद्यार्थीलाई शुभकामाना दिनुभएको थियो ।