जिल्ला कारगारका कैदीबन्दीले मनाए रक्षाबन्धन

0
Shares

लमजुङ।

जिल्ला कारगार लमजुङका कैदीबन्दीले रक्षाबन्धन तथा जनैपूर्णिमा मनाएका छन् । दाजुभाई तथा दिदीबहिनीको यो पवित्र पर्वको अवसरमा लियो क्लब अफ लमजुङका महिला दिदीबहिनीले कारगारमै पुगेर कैदीबन्दीको सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्दे टिका र राखी लगाइदिएका हुन् ।

कारगारका कैदीबन्दी पनि आफ्नै दाजुभाई सरह भएको भन्दै कारगारका कैदीबन्दीलाई चाडपर्वमा खुसी वनाउन रक्षाबन्धनको आयोजना गरेको लियो क्लबका उपाध्यक्ष कुमारी तामाङले बताउनु भयो ।

आफ्नो दिदी बहिनीको हातबाट राखी लगाउन नपाएर दुखी भएका कैदी बन्दी लियो क्लबका महिला दिदीबहिनीले रक्षाबन्धनको अवसरमा राखी लगाएर रक्षाबन्धन मनाई दिइएकोमा खुशी व्यक्त गरेका छन् ।

३५ जनाको क्षमता रहेको कारगारमा हाल ९७ जना पुरुष र ६ जना महिलासहित एक सय तीन जना कैदीबन्दी रहेको कारगारका जेलर तारा बहादुर तामाङले जानकारी दिनुभयो ।

सोही अवसरमा क्लबका दिदीबहिनीहरुले जिल्ला प्रहरीकार्यालय लमजुङ, सशस्त्र प्रहरी कार्यालय र मानव सेवा आश्रमका दाजुभाईहरुलाई पनि टिका र राखी लगाई दिएको लियो क्बल अफ लमजुङका अध्यक्ष निश्चल पाण्डेले बताउनु भयो ।

लायन्स क्लब अफ लमजुङ र लियो क्लब अफ लमजुङको संयुक्त आयोजनमा भएको रक्षाबन्धन कार्यक्रममा लायन्स क्लबका अध्यक्ष विवश बुढाथोकी लगायत लियो क्लबका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्राचीन कालदेखि चल्दै आएको धार्मिक परम्परामा आधारित यस पर्वको अवसरमा सरकारले गण्डकी प्रदेशमा सार्वजनिक विदा समेत दिएको छ ।
दिदीबहिनी र दाजुभाईहरुको प्रेम तथा कुशल जीवनको कामनासँग जोडिएको यो पर्वमा दिदी बहिनीको हातबाट दाजुभाईले रक्षाबन्धन लगाउँने रिती रिवाज सदियौं देखि नैं चल्दै आएको छ । यसरी रक्षाबन्धन लगाई सके पछि दिदीबहिनिले मिठाई तथा अन्य खाने कुरा खुवाउँने र दाजुभाईले आफ्नों गछ्य अनुसारको उपहार दिने गर्छन् ।