प्रचण्ड-बाबुरामबीच भेटवार्ता, चुनावी वाम मोर्चा बनाउन बाबुरामकाे प्रस्ताव

0
Shares

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।प्रचण्डका भान्जा गोकुल भण्डारीको निवास, हात्तीवनमा प्रचण्ड र बाबुरामबीच भेटर्वाता भएको हो ।

भेटर्वातामा आगामी मंसिर ४ गते हुने संघीय संसद र प्रदेश सभाको निर्वाचनमा अध्यक्ष भट्टराईले एउटै मोर्चा बनाएर जाने प्रस्ताव माओवादी केन्द्रका नेताहरुसामु राखेका छन् । चुनावमा एउटै मोर्चा बनाएर र एकै चुनाव चिह्न लिएर जानेबारे बाबुरामको प्रस्तावमाथि छलफल हुनुका साथै गठबन्धन र पार्टी एकताका विषयमा समेत छलफल भएको स्रोतको भनाइ छ ।

सो प्रस्तावमा प्रचण्ड सकारात्मक देखिएको बताइएको छ ।