निर्णायक खड्का स्वदेश फर्के

0
Shares

काठमाडौं । 

विश्व तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भुमिका निर्वाह गरेका सेकेन्ड क्लास अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का स्वदेश फर्किएका छन् । बुल्गेरियामा भएको क्याडेट तथा जुनियर विश्व प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका अशोक मंगलबार स्वदेश फर्किएका हुन् ।

प्रतियोगिता अन्तर्गत क्याडेटको प्रतिस्पर्धा साउन १२ देखि १५ गतेसम्म सञ्चालन भएके थियो । यस्तै, साउन १७ देखि २२ गतेसम्म जुनियरको खेल भएको थियो । दुवै विधागरि अशोकले कुल ३३ खेलमा निर्णायकको भूमिका निर्वाह गरेका थिए । जुन प्रतियोगितामा एक सयभन्दा बढी राष्ट्रका चार हजार खेलाडीले भाग लिएका थिए ।

यस्तै, प्रतियोगितालाई लक्षित गरी साउन १० र ११ गतेसम्म रेफ्री रिफ्रेसर कोर्स पनि अशोक सहभागी थिए । वैशाख यता अशोकले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेको यो पाँचौंपटक हो । यसअघि, उनले दक्षिण कोरिया, अस्ट्रिया, स्विडेन र बेल्जियममा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।