भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी



भक्तपुर ।

गएरातिको ठूलो वर्षाका कारण भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । मध्यपुर ठिमी नगरपालिका वडा नं. १ मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खोलामा खस्दा खोलाको धार परिवर्तन भई ६० वटा घर टहरामा पानी पसेको प्रहरीले जनाएको छ ।

बाढीले टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको छ । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको प्रहरीले जनाएको छ । बाढीले मनोहरा खोला नजिक रहेका बङ्गुर तथा कुखुरा फार्मसमेत बाढीले बगाएको छ ।  बाढी सुकुम्वासी बस्तीमा पसेको हो । बाढीले मानवीय क्षति गरेको छैन ।

राती देखि नै त्यस क्षेत्रमा प्रहरी ,रेडक्रसका स्वयंसेवक,स्थानीय र उद्धार टोली खटिएका छन् । तत्काल प्रभावितहरुको उद्धार गरिएको प्रहरी जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताउनुभयो । डुवान र कटानको कारण घर टहरामा पानी पस्दा मध्यपुर ठिमी नगरपालिका वडा नं. २ मनहरा खोला किनार दिब्यश्वरी प्लानिङ स्थित अम्मर लामाको बंगुर फर्ममा रहेका ५०० वटा हाँस , २०० बंगुर र २ वटा गाई उद्धार गरि सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

चाँगुनारायण नगरपालिका वडा नं. ४ मनहरा खोला निलोपुल नजिक सुनसरी घर भई हाल यही बंगुर फर्म संचालन गरेका हरी राईको बंगुर फर्मबाट खोलाले ४ वटा बंगुर बगाएको छ । चांगुनारायण नगरपालिका वडा नं. १ दुवाकोट बेसी मनहरा खोला किनारका २० वटा घर टहरामा पानी पसेकाले टहराका ४ जना ब्यक्तिलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

सिन्धुली कमलामाई नगरपालिका वडा नं. ७ घर भई हाल सानोठिमी दिब्यश्वरी प्लानिङ स्थित टहरामा बसोबास गर्दै आएका बर्ष ७० को पेमा तामाङको टहरा भित्र रहेको २६ बोरा चामलमा पानी पसी क्षती भएको र गिरीराज कुखुराको चल्ला ४५ वटा बगाएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्