दोर्दीका किसानलाई गाँउपालिकाद्धारा बाँदर धपाउने औजार वितरण

0
Shares

लमजुङ।

पूर्वी लमजुङको दोर्दी गाँउपालिकाले किसानहरुलाई बाँदर धपाउने औजार वितरण गरेको छ । पालिका भित्रका विभिन्न क्षेत्रमा कृषिजन्य उत्पादनमा बाँदरले दुःख दिएपछि गाउँपालिकाले बाँदर धपाउने औजार वितरण गरेको हो ।

आर्थिक वर्ष ०७८/७९ को विशेष अनुदान कार्यक्रम मार्फत गाँउपालिकाले ८० प्रतिशत अनुदानमा औजार खरिद गरी किसानहरुलाई वितरण गरेको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनु भयो ।

पालिकाले वडा बाट निवेदन संकलन गरी प्रति वडा १४ जनाका दरले किसान छनौट गरी एकसय २६ जनालाई उक्त औजार वितरण गरेको अध्यक्ष गुरुङको भनाई छ ।

किसानहरुले उत्पादन गरेको कृषि बाली बाँदरले खाएर दुःख दिएपछि कृषकहरुबाट नै बाँदर धपाउने औजारको माग आए अनुसार मंकि कार्सिङ नामक औजार वितरण गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सम्शेर गुरुङले बताउनु भयो ।

कृषि उपजको संरक्षण गर्नु गाँउपालिकाको पनि दायित्व भएको भन्दै हाल वितरण गरीएको औजार प्रभावकारी भएमा अन्य किसानहरुलाई पनि थप वितरण गरीने अध्यक्ष अधिकारीको भनाइ छ ।

कार्यक्रममा गाउँपालिका कृषि प्राविधिक नरहरी घिमिरेले बाँदर धपाउने उक्त औजारको प्रयोग विधिका वारेमा कृर्षकहरुलाई जानकारी गराउनु भएको थियो ।

मेहनत गरी उब्जाएका कृर्षि उपजहरु बाँदरले खाईदिने समस्यबाट दिक्क बनेका किसानरु बाँदर धपाउने औजार पाएपछि खुशी भएका छन् ।

शुक्रबार एक कार्यक्रमका विच दोर्दी गाउपालिका अध्यक्ष युवराज अधिकारीले किसानहरुलाई सो सामाग्री हस्तान्तरण गर्नुभएको हो । औजार हस्तान्तरण कार्यक्रममा दोर्दी गाउपालिकाका उपाध्यक्ष बिक्षबहादुर घले, कृषि शाखा प्रमुख बेन्जु अधिकारीले लगायतको उपस्थिति रहको थियो ।