न्याय मग्न सिंहदरबार पुगेकी निहारिका बच्चासहित पक्राउ

0
Shares

काठमाडौँ।

न्याय माग्दै सिंहदरबार पुगेकी निहारिका राजपुतलाई छोरासहित प्रहरीले पक्राउ गरेको छ। आफूले न्याय नपाएको भन्दै सिंहदरबारको दक्षिण गेटमा अनसन बस्न आएकी निहारिकालाई ‘निषेधित क्षेत्रमा अनसन विरोध प्रदर्शन गर्न नपाउने’ भन्दै प्रहरीले पक्राउ गरेको हो।

उनले यसअघि न्याय मागगर्दै वसन्तपुरमा अनसन बसेकी थिइन् ।

सरकारसँग ५ बुँदे सहमतिपछि उनले अनशन तोडेकी थिइन्। तर उक्त सहमति पालना नगरेपछि फेरि अनशनका लागि सडकमा आउनु परेको उनले बताएकी छिन् ।

आफू १७ वर्षको छँदा नै एक व्यक्तिले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको भन्दै उनले दोषीमाथि कारबाही र आफूलाई न्याय हुनुपर्ने माग गर्दै आएकी छन् ।