आरक्षण सीट लागू नगर्ने सार्वजनिक यातायात कारबाहीमा



काठमाडौं । आरक्षण सीट लागू नगर्ने सार्वजनिक यातायातलाई प्रहरीले कारबाही गरेको छ । काठमाडौं उपत्यकामा चल्ने यातायातमा आरक्षण सीट लागू नगर्नेलाई प्रहरीले कारबाही गरेको हो ।

ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको विभिन्न स्थानहरुमा चल्ने यातायातलाई कारबाही गरेको छ । विशेष अभियान अन्तर्गत सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा आरक्षण सीट भएर पनि कार्यान्वयन नगरेको भन्दै कारबाही गरेको हो ।

१९ वटा सार्वजनिक भाडा बसलाई प्रहरीले कारवाही गरेको छ । जस अन्तर्गत उपत्यका बाहिर चल्ने ४, उपत्यकामा चल्ने १४ यात्रुवाहक बस र १ वटा माइक्रो बसलाई सवारी नियम बमोजिम कारबाही गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

उक्त चेकजाँच अभियानलाई निरन्तर संञ्चालन गरिने प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्