निर्वाचनको मिति घोषणा भएपछि संसद स्वतः भंग हुन्छ : भीमार्जुन आचार्य

0
Shares

काठमाडौं।

संविधानवीद् भीमार्जुन आचार्यले सरकारले निर्वाचनको मिति घोषणा गरेपछि अहिलेको संसद स्वतः भंग हुने बताएका छन् ।

आचार्यले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत निर्वाचनको मिति घोषणा गरेपछि संसद विघटन गरिराख्नु नपर्ने समेत जनाएका छन् ।

‘प्रतिनिधि सभाको कार्यकाल ५ बर्षको हो । कार्यकाल सकिनुअघि अर्थात मंसिर १० गते भित्र निर्वाचन सम्पन्न भइसक्नु पर्छ,’ संविधानवीद् आचार्यले भनेका छन्, ‘निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुन्छ । फेरि विघटन गरिराख्नु पर्देन ।’

संसद नै नरहेपछि सांसद समेत नरहने उनले बताएका छन् ।

‘स्थापित मान्यताको कदर गरौ,अति नगरौं,’ उनले लेखेका छन् ।