मादक पदर्थ सेवन गरी स्कुल बसचलाउने पाँच चालकलाई कारबाही

0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ५ जना चालकलाई कारबाही गरेको छ ।

आज (आइतबार) बिहान चेकजाँचका क्रममा विभिन्न स्कुलका पाँचजना चालकहरूले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको पाइएपछि उनीहरुलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

ट्राफिक प्रहरीले गत ८ गतेदेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान चलाउँदै आएको छ ।

आज मात्र १६ वटा स्कुल बसलाई विभिन्न कसुरमा कार्यालयले नियमानुसार कारबाही गरेको छ । उक्त चेकजाँच अभियानलाई निरन्तर सञ्चालन गरिने प्रवक्ता भट्टले जानकारी दिए ।