कांग्रेसलाई प्रचण्डको चेतावनी– आगामी निर्वाचनमा माओवादीलाई दोस्रो हुन नदिए सहज हुँदैन

0
Shares

काठमाडौँ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा कांग्रेस पछिको ठूलो पार्टी माओवादी बन्ने दाबी गरेका छन्।

शनिबार पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रममा उनले आफूले यस विषयमा कांग्रेससंग कुरा गरिसकेको र त्यसो नभए अवस्था सहज नहुने बताए।

‘म प्रष्टसँग भन्न चाहन्छु, अहिले यही छ दलीय गठबन्धन कायम हुन्छ। यसलाई दायाँबायाँ गरिन्न। उनले भने, ‘सायद पहिलो तपाईंहरु नै हुनुहुन्छ, दोस्रो माओवादी केन्द्र हुने हो त्यसमा सहयोग गर्ने हो भने सबै चिज सहज जान्छ अन्यथा सहज हुन दिइदैन्।’