हृदयेन्द्रलाई राजाको रुपमा देख्न चाहन्छु : रवीन्द्र मिश्र


काठमाडौँ।

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रलाई राजाका रूपमा देख्न चाहेको बताएका छन् । हृदयेन्द्रको “२१औँ जन्मदिनमा अवसरमा शुभकामना दिंदै उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु। २१औँ जन्मदिनको शुभकामना!’

उनले २० वर्षकोआफ्नो पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभवका आधारमा देश ढिलोचाँडो नराम्रो संकटमा फस्ने र संकटका बेलामात्र सदुपयो गर्ने उद्येश्यका साथ ‘खोपामा भए पनि’ राजसंस्था राख्नु पर्ने बताएका छन्।

‘२० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले पुर्याएको निष्कर्ष के हो भने – बदलिएको विश्व भूराजनीतिको भूमरी, लगभग पूर्णत: आर्थिक परनिर्भर्ता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ-फस्छ। उनले सामाजिक सञ्जालमा लेखेका छन् त्यसैले, संकटका बेलामात्र सदुपयो गर्ने उद्येश्यका साथ संसदले बाँधेर ‘खोपामा भए पनि’ राजसंस्था राखौँ।’