गृहजिल्लामा ओलीको बाक्लो उठबस, एमालेलाई पराजित गराएकोमा झापालीलाई पछुतो



झापा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई हराएकोमा झापाली जनताले पछुतो महसुस गरेको बताएका छन् । आज (बिहीबार) झापाका स्थानीय नेता तथा कार्यकर्तासँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

२०६४ को संविधान सभाको निर्वाचनमा ओली झापाबाट पराजित भएका थिए । उनले आफू पराजित भएको प्रसंग कोट्याउँदै झापाली जनताले आफूलाई उतिबेला हराएकोमा यतिबेला पछुतो मानेको बताएका छन् ।

ओलीले भने, ‘त्यसबेला आफूलाई हराएर यहाँका जनताले एक वर्ष नपुग्दै गल्ती गरिएछ भनेर पछुतो मानेका थिए,’ ‘त्यो प्रवृत्ति स्थानीय निर्वाचनमा पनि देखिएको छ । गल्ती कहिले(कहिले हुन्छ तर पटकपटक दोहोरिनु हुँदैन । अबदेखि त्यस्तो गल्ती नदोहोरियोस् ।’

‘अर्कालाई जिताएर आफैँ अपमानित हुने र लज्जित हुने काम नगर्न म आग्रह गर्दछु,’ उनले भने, ‘हामीले व्यक्ति उठाउने होइन, पार्टी उठाउने हो । पार्टीले व्यक्तिलाई निर्देशित गर्ने हो नेतृत्व गर्ने हो ।’

ओलीको गृहनगर दमकमा स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवार पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्