एमाले र माओवादी केन्द्रबीच तालमेल असम्भव : प्रचण्ड



कठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)बीच तालमेल नहुने प्रचण्डले बताएका छन् ।

आज (बिहीबार) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिसडाँडामा आयोजित पार्टी स्थायी कमिटी बैठकमा बोल्दै यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका छन् । एमालेसँग गठबन्धन हुन नसक्ने भएकाले कांग्रेससँग विकल्प खोज्न नहुने उनले बताए ।

आगामी संघ र प्रदेशको निर्वाचनमा पनि कांग्रेससँग सहकार्य गर्ने भएकाले अन्यथा नसोच्न मातहतका नेताहरूलाई प्रचण्डले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्