काठमाडौंको फोहोर विसर्जन गर्न फेरी अवरोध



काठमाडौं । 

काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडी बञ्चरेडाँडाका स्थानीयवासीले पुनः अवरोध गरेको छन् ।

आज बिहानैदेखि काठमाडौंदेखि फोहोर बोकेर गएको गाडी बञ्चरेडाँडा स्थानीयले रोकेका हुन् । फोहोर बोकेर गएका ५० भन्दा बढी गाडी रोकेको काठमाडौं महानगर नगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टराईले जानकारी दिए ।

सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ता उपत्यकाको फोहर उठ्न नसकेको महानगरको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्