नारायणहिटी दरबार संग्रहालयमा राजा त्रिभुवन र महेन्द्रको विलासी सवारी प्रदर्शनीमा



काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा राजा त्रिभुवन र महेन्द्रको विलासी सवारी साधन सहित ३ सवारी साधन प्रदर्शनीमा राखिएको छ । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सचिव महेश्वर न्यौपानेले संग्रहालयमा उद्घाटन गर्नुभएको हो ।

संग्रहालयमा राजा त्रिभुवनले प्रयोग गर्ने फोर्ड क्यानडा कम्पनीको काठको क्यायिर भएको पिकअप ट्रक फोर्डकम्पनीकै वा अ २ नम्बरको राजा त्रिभुवनले प्रयोग गर्ने फेमेली कार प्रदर्शनीमा राखिएको छ ।

पिकअप ट्रक राजा त्रिभुवनल शिकार खेल्न प्रयोग गर्ने गरेको संग्रहालयले जनाएको छ । त्यस्तै राजा महेन्द्रले प्रयोग गर्ने वा १ च २६६३ नम्बरको अस्टिन प्रिन्सेस लग्जरी कार सहित तीनवटा सवारी साधन प्रदर्शनीमा राखिएको छ ।

उक्त कारमा १९६७ उल्लेख छ । सो मोडलको अर्को कार बेलायती महारानीले प्रयोग गर्नुभएको थियो । उक्तकार वेलायतको दरबारमा पनि रहेको उल्लेख छ ।

सबै सवारी साधनको भौतिक तथा यान्त्रिक अवस्था जिर्ण रहेको छ । ती सवारी साधानलाई मर्मत र रङरोगन गरी प्रदर्शनीमा राखेको हो–संग्रहालय विकास समितिका प्रवक्ता बुद्धीबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार तीन सहित करिब आधा दर्जन सवारी साधन प्रदर्शनीमा राखिएका छन् ।

यसअघि स्वगीय राजा वीरेन्द्र र दीपेन्द्र,राजकुमार निराजन, र अधिराजकुमारी श्रुतिले प्रयोग गर्ने साना सवारी साधन र हिटलरले उपहार दिएको सवारी साधन समेत प्रदर्शनीमा राखिएका छन् । संग्रहालयले १४ वर्षको इतिहासमा श्रीपेच, राजदण्ड लगायत महत्वपुर्ण सामाग्रस् प्रदर्शनीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्