कोरोना संक्रमण झन बढ्दै, अतिरिक्त खोप लगाउँ, जोखिमबाट बचौं



काठमाडौं । कोरोना संक्रमितको संख्या सक्रिय रुपमा बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरेको छ ।

मंगलबार ५ हजार ५५ जनामा कोरोना परिक्षण गरिएकोमा ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि हुनुका सथै २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार ९५ जना निको भएका छन् भने नयाँ संक्रमितको संख्या ३ हजार ७ सय १४ जना रहेका छन् ।

नेपालमा कोरोना संक्रमण भएका मध्ये ९८ दशमल्भ ४ प्रतिशतमा निको भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

नेपालमा ३ बर्षको अवधिमा ११ हजार ९ सय ५९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्