एमालेको नीति तथा अनुसन्धान प्रतिष्ठान शुभारम्भ

0
Shares

काठमाडौं । नेकपा (एमाले)ले पहिलो पटक गठन गरेको नीति तथा अनुसन्धान प्रतिष्ठानको आज शुभारम्भ भएको छ । सो प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रतिष्ठानको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले दिनुभएको प्रस्तुतिमा छलफलसमेत भएको छ । डा खतिवडाले वर्तमान सरकार गठनपछि मुलुकको आर्थिक अवस्था बिग्रिएको टिप्पणी गर्नुभएको छ ।

चितवनको सौराहमा गत मङ्सिर १०–१४ गते सम्पन्न एमालेको १०औँ राष्ट्रिय महाधिवेशनपछिको केन्द्रीय कमिटीको गत मङ्सिर २५ र २६ गते भक्तपुरमा भएको दोस्रो बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा सो प्रतिष्ठान गठन गरेको थियो । पुष्पलाल स्मृति दिवस मनाइँदै एमालेले शनिबार साउन ७ गते ४४औँ पुष्पलाल स्मृति दिवस मनाउँदैछ ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा एमालेले शनिबार बिहान ताम्सीपाखामा कार्यक्रम गरी स्मृति दिवस मनाउन लागेको हो ।