प्रहरी हवल्दारको हेलिकप्टरमार्फत उद्धार



A helicopter flies in Brazil in 2014. Some helicopter trips — like personal or private helicopter rides — are more likely than others to end in a fatal accident.

काठमाडौं । प्रहरीचौकी डौड डोटीमा कार्यरत प्रहरी हवल्दार गगनसिंह धामीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आज दिउँसो सायल गाउँपालिका–२ सिर्मा बस्तीस्थित पहिरो जोखिममा रहेकाहरुको अवस्था बुझ्न जाने क्रममा एकाएक बिरामी परी बेहोस भएपछि उहाँलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

बेहोस भएका धामीलाई हेलिकप्टरमार्फत उद्धार गरी अहिले उपचारका लागि नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार धामीको अहिले नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्