युरोप अत्याधिक गर्मीको चपेटामा



लन्डन, (एजेन्सी) । युरोपका सात देशमा यस समय भिषण गर्मी भइरहेको छ । ब्रिटेनको इतिहासमा पहिलो पटक ४० डिग्रीको पारो चढेको छ । रिपोर्ट अनुसार फ्रान्स, इटाली, पोर्चुगल, स्पेन र ग्रीसमा गर्मी लगातार बढी रहेको छ । जंगलमा लागेको आगलागी काबूमा आइरहेको छैन । यसले लगातार गर्मी पनि बढाइरहेको छ । एक सातामा स्पेन र पोर्चुगलमा १७ सय भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको पनि रिपोर्टले जनाएको छ ।

ब्रिटेनमा गर्मीले गर्दा सडक नै पग्लेको अवस्था छ । त्यहाँ विद्यालयहरु बन्द गरिएको छ । देश ठप्प भएको छ । ब्रिटेनका लिंकनशायर र हीथ्रो हवाईस्थलमा मंगलबार ४० डिग्री भन्दा बढी तापमान दर्ता भएको थियो । ३३ स्थानमा ३८.७ डिग्री सेल्सियस रहेको छ । मौसम विभागले लन्डनसमेत मध्य, उत्तरी र दक्षिण–पूर्वी इंग्ल्यान्डका स्थानहरुमा हीटवेभको लागि रेड अलर्ट जारी गरेको छ ।

लन्डनको कयौं स्थानमा ट्रेनको सेवा प्रभावित भएको छ । मिडिल्यान्ड्स रेलमार्गले त्यहाँका बासिन्दालाई घरमै बस्न आग्रह गरेको छ । ट्रयक, हावाको तुलनामा २० डिग्री बढी गर्मी हुन्छ । तापमान बढ्यो भने यो ट्रयक पग्लेर लच्कन सक्छ भनेर चेतावनी दिएको छ । लन्डनमा टे«नहरु २ सय किलीमिटर प्रतिघण्टाको गतिमा गुड्छन् । यही स्थानमा हीटवेभबाट १० व्यक्तिको मृत्यु भइसकेको छ ।

यस्तै अत्यधिक तापले गर्दा लन्डनको वेनिंगटनमा भीषण आगलागी भएको छ । यस स्थानमा कयौ घर जलेर खरानी भएको छ ।

स्पेनः स्पेनमा हीटवेभबाट राहत मिलेको छैन । यसको कारण ३६ स्थानमा जंगलमा आगलागी भइरहेको छ । ७० हजार हेक्टरमा फैलिएको खरानी भइसकेको छ । यसको कारण करिब वरिपरिका बासिन्दाले घर छाडेर सुरक्षित स्थानमा जानुपरेको छ । दक्षिण पश्चिमी स्पेनमा ४४ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको छ । बाँकी स्थानमा ४० डिग्रीसम्म पुगेको छ । स्पेनमा बढ्दो गर्मीको कारण १० देखि १७ जुलाईबीच ६ सय ७८ जना व्यक्तिको मृत्यु भइसकेको छ ।

पोर्चुगलः पोर्चुगलको अवस्था पनि त्यस्तै छ । हीटवेभको कारण जंगलमा आगलागी भइरहेको छ । करिब १ सय ६० जना घाइते भएका छन् भने कयौं बासिन्दाहरु घर छाड्न बाध्य भएका छन् । पोर्चुगलमा २०१७ पछि यस्तो गम्भीर अवस्था आएको हो । यहाँ १७ जुलाईमा आगोलाई नियन्त्रण लिन जुटेको एक फायर फाइटिङ प्लेन दुर्घटना भएको थियो । यसमा विमान चालकको मृत्यु भएको थियो । पोर्चुगलमा तापमान बढेको कारण ७ देखि १८ जुलाईबीच १ हजार भन्दा बढी व्यक्तिको निधन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्