आइपुग्यो तीन दमकल

0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले खरिद गरेको ३ वटा दमकल आइपुगेका छन्। सात महिनाअघि इन्डोनेसियाबाट मगाइएका ती दमकल सोमबार वीरगञ्ज भन्सार कार्यालयबाट ल्याई राष्ट्रिय सभा गृहमा राखिएको थियाे  । ‘महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरु गर्दै आएको छ ।

सोही अनुरुप पुर्वमेयर विद्यासुन्दर शाक्यकै पालामा भएको दमकल खरिद प्रक्रिया अन्तर्गत ३ दमकलहरु महानगरमा आइपुगेका छन्,’ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘दमकलहरुको वैज्ञानिकतवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध छ ।’

सकेसम्म अग्नी दुर्घटना हुनै नदिनु सबै भन्दा उत्तम विकल्प भएको जनाउँदै उनले आगोको बिषयमा कहिलै पनि हेलचेक्राइँ नगर्न सबैलाई अनुरोध गरेका छन् । ‘आगोको प्रयोगमा असाध्यै धेरै सावधानीको आवश्यकता जहाँसुकै र जहिलै हुन्छ । काठमाडौं जस्तो क्षेत्रहरु जहाँ आफ्नै संरचनागत खराबीहरुले गर्दा आगलागीको जोखिम उच्च र नियन्त्रणमा सिमितता छ, त्यस्ता क्षेत्रहरुमा आगलागीका बिषयमा झन् धेरै सचेत र होसियार हुनै पर्छ,’ काठमाडौं महानगरपालिकाका प्रमुख शाहले बताएका छन् ।

याे पनि

http://साँघुरो बाटो अनुकूलका दमकल काठमाडौंमा