विष्णुमती र धोबीखोला जलाधारमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह



काठमाडौं ।

काठमाडौंमा पछिल्लो दुई घण्टामा विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा भएको भन्‍दै सरकारले सतर्क रहन विष्णुमती, धोबीखोला बस्तीमा आग्रह गरेको छ ।

नयाँ बसपार्क क्षेत्रमा विष्णुमती नदीको जलसतह सामान्य अवस्थाबाट करिब दुई मिटरले बढेको र सतर्कताको आसपास पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले नदीको पानी किनारको बस्ती र सडकसम्म आउन सक्ने भन्दै किनारको सडक भइ यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्