पुर्ख्यौली व्यवसाय प्रवर्द्धनमा सहयोग गर्छु : मेयर श्रेष्ठ



भक्तपुर  । 

मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले पुर्ख्यौली पेशा, व्यवसाय प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

सांस्कृतिक महत्त्व बोकेको लाय्कू साः (पुर्ख्यौली प्रविधिमा आधारित तोरीको तेल बनाउने कारखाना) भवनको उद्घाटन गर्दै मेयर श्रेष्ठले लोप हुने अवस्थामा पुगेको मौलिक पेशालाई संरक्षण र प्रवर्द्धन गर्न नगरपालिकाको विशेष सहयोग रहने बताए ।

उनले सिवा साय्मी खलःको नेतृत्वमा पुनर्निर्माण सम्पन्न भएको भवनलाई खलःकै नाममा स्थायी लालपूर्जा बनाइदिनेसमेत आश्वासनसमेत दिए । मानन्धर समुदायको पुर्ख्यौली पेशाको रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने घरेलु उद्योगलाई पुनर्उत्थान गर्नुपर्ने सन्दर्भमा सामूहिक लगानीमा कम्पनीको रूपमा विकास गर्ने अभियानको थालनी भएको हो ।

भक्तपुर चेम्बर अफ कमर्स र जिल्लाका विभिन्न ठाउँमा सघन रुपमा बस्दै आएका मानन्धरहरुले यस अभियानमा साथ दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्