अमेरिका र भारतको चलचित्र महोत्सवमा ‘को–हजबेण्ड’ छनौट

0
Shares

काठमाडौं ।

नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) अमेरिका र भारतको चलचित्र महोत्सवमा छनौट भएको छ ।
अमेरिकाको एटलान्टमा अगष्ट ४ देखि ७ सम्म आयोजित आठौं कब इन्टरनेशनल फिल्म फेस्टिवलमा ‘को–हजबेण्ड’ छानिएको निर्देशक गणेश पाण्डेले जानकारी दि । उनका अनुसार, यसअघि अमेरिकाको मेरियटा चलचित्र महोत्सवमा उनको बहुचर्चित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)ले पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो ।

यसैगरी, आगामी अगष्ट ३ देखि ६ सम्म भारतको कलकत्तामा आयोजित साउथ एसिशन सर्ट फिल्म फेस्टिबलमा पनि ‘को–हजबेण्ड’ छनौट भएको छ । आयोजक प्रेमेन्द्र मजुमदारका अनुसार, कत्तकत्तामा चलचित्र महोत्सव उद्घाटनकै दिन ‘को–हजबेण्ड’ प्रदर्शन हुँदैछ ।

काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबलबाट यात्रा आरम्भ गरेको ‘को–हजबेण्ड’ले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा एक हजार डलरसहित उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो ।

यसैगरी, नेपालमै आयोजित नेपाल–अफ्रिका चलचित्र महोत्सव, भारतको सिम्ला अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट डकुमेन्ट्री अवार्ड र रसियामा आयोजित अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबल ९ज्ञढतज क्ष्लतभचलबतष्यलब िप्बलकप ख्ष्मभय ँभकतष्खब०ि मा सर्वोत्कृष्ट पुरस्कार ‘ग्राण्ड प्रिक्स अवार्ड’ जितेको थियो ।

 

विश्वका एक दर्जन बढी चलचित्र महोत्सवमा छनौट भइसकेको ‘को–हजबेण्ड’ले स्लोभाकियाको पोपरोडमा आयोजित प्रतिष्ठित २९औं इन्टरनेशनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराडमा अनरेवल मेन्सन अवार्ड जितेको थियो ।

‘नेपाली डकुमेन्ट्री बिभिन्न देशका फिल्मबीचको प्रतिष्पर्धामा छनौट भइ अवार्ड जित्नु आफैमा गर्वको कुरा हो । कोरोनाका कारण संसारभरका चलचित्र महोत्सव स्थगित भएकाले यसको असर ‘को–हजबेण्ड’को अन्तर्राष्ट्रिय यात्रामा पनि परेको थियो । आशा छ, यसपालि अमेरिका र भारतमा दर्शकबाट राम्रै माया मिल्नेछ’– निर्देशक पाण्डेले भन्नुभयो ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् ।

हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाईका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । निर्देशक पाण्डेले करिब ४ बर्षको छायांकन र रिसर्चबाट सहायक श्रीमान निर्माण गरेका हुन् ।

साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन् ।

यसअघि पनि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो ।