हतियार किन्ने योजना पनि छैन, पैसा पनि छैन : गृहमन्त्री

0
Shares

काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाणले हतियार किन्ने सरकारको योजना नरहेको बताएका छन् ।

शनिबार कांग्रेस केन्द्रीय समितिमा बैठकमा बोल्दै खाणले हतियार किन्न पैसा नै नभएको बताए । ‘हतियार किन्ने प्रहरीको नियमित प्रक्रिया हो । यो पुरानो निर्णय हो,’ गृहमन्त्री खाणले भने, ‘हतियार किन्ने योजना यो सरकारको छैन । हतियार किन्ने पैसा पनि छैन ।’

यस्तै उनले हतियार किन्ने प्रक्रिया अहिले अघि नबढ्ने र हतियार नकिनिने पनि बताए ।

यसअघि केन्द्रीय समिति बैठकमा बोल्दै प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले पनि हतियार किन्ने तयारी सरकारले नगरेको जवाफ दिएका थिए।