नेपालमाथि वैदेशिक हस्तक्षेप सुगौली सन्धियताकै सबैभन्दा बढी : राजेन्द्र लिङ्देन

0
Shares

काठमाडौं।

राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले सुगौली सन्धिपछि नेपालमा पछिल्लो दुई वर्षयता पहिलो पटक नेपालको परराष्ट्र नीति कमजोर भएको बताएका छन् । नेपाल–चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल) ले आयोजना गरेको नेपालको भू–राजनीतिक अवस्था :चुनौती र अबको बाटो बारे छलफलमा उनले दुई देशबीचको सम्बन्ध गोलबारुदबाट मात्रै टाढा हुने होइन उनीहरुसँगको व्यवहार, सत्ताका लागि जे पनि विषयमा सम्झौता गर्दा हस्तक्षेप हुने गरेको बताए ।

जबसम्म राष्ट्रहित र राष्ट्रिय स्वार्थमा नेताहरु रहन्छन् त्यसपछि हस्तक्षेप नहुने उनको भनाइ छ ।

सहायतको नाममा विकासको नाममा साँस्कृतित क्षेत्रमा जुन प्रकारको हस्तक्षेप भइरहेको त्यसविरुद्ध सबै राजनीतिक दलका नेता एकै ठाउँमा उभिनुपर्ने उनले बताए । उनले राष्ट्रनिर्माता पृथ्वी ारायण शाहको दिव्य उपदेश अनुसार गए कसैले पनि हस्तक्षेप गर्न सक्दैन ।