बागमती नदीमा बेपत्ता दुई बालकको शव भेटियो

0
Shares

रौतहट ।

गर्मी छल्न बागमती नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई जना बालकको शव भेटिएको छ । बिहीबार बाग्मती नदिमा नुहाउने क्रममा बेपता भएका रौतहट दुर्गा भगवती गाउपालिका–३ मत्सरीका १३ बर्षिय हर्ष झा र सोही गाउपालिकाको वडा नम्बर २ भलोहियाका १३ बर्षिय आदित्य दासको शुक्रबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

उनीहरु ज्ञानोदय ईगलिश बोडिंग स्कूलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी हुन । सोही स्कुलमा अध्यनरत ६ जना विद्यार्थीहरु बिहीबार बाग्मती नदिमा नुहाउने क्रममा दुई जना बेपता भएकोमा शुक्रबार उनीहरुको शव फेला परेको हो । शुक्रबार विहानै देखि नदिमा उनीहरुको खोजी भैरहेपनि आज दुर्गा भगवति गाउपालिका वडा नम्बर ३ देखि दक्षिणमा दासको र वडा नम्बर ५ बडहर्वा नजिक निर्माणाधीन पुल नजिक झाको शव भेटिएको हो । हिजोदेखिनै उनीहरुको खोजतलासमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना सहित स्थानीयहरु सक्रिय रहेका थिए ।