स्रोत नखुलेको ५ लाख भन्दा बढी नगदसहित भारतीय पक्राउ

0
Shares

सर्लाही।

सर्लाहीमा स्रोत नखुलेको ५ लाख भन्दा बढी नगदसहित भारतीय पक्राउ परेका छन्। मलंगवा नगरपालिका-८ गोरखकालीबाट स्रोत नखुलेको नगद ५ लाख ११ हजार ५ सय रुपैयाँ सहित भारत सितामढी थाना कन्हौली ग्राम पंचायत रामनगरा-११ बस्ने ३० वर्षीय विजय ठाकुर बिहीबार दिउँसो पक्राउ परेका हुन्।

बीआर ३० एक्स ५५४४ नम्बरको मोटरसाइकलमा भारतको सोनवर्षाबाट नेपालको मलंगवा बजारतर्फ आउँदै गरेका उनलाई प्रहरीले जाँच गर्ने क्रममा हेलमेटभित्र लुकाई राखेको अवस्थामा उक्त नगद फेला पारी पक्राउ गरेको  प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।