बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी



काठमाडौँ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसिरहेको बसिरहेको छ।

सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद सकिन लागेकोले म्याद थप गर्ने वा नगर्नेबारे छलफल गर्न बैठक बसेको छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी छन्।

आज संसदमा उपसभामुख निर्वाचन पनि हुँदैछ। सत्ता गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल गौतम र एमालेकी विद्या भट्टराई उम्मेदवार छन्।

समसामयिक राजनीतिक विषयबारे पनि सत्ता गठबन्धनमा छलफल भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।

आजै मन्त्रिपरिषद बैठक बस्ने तयारी पनि छ।

प्रतिक्रिया दिनुहोस्