नाबालकलाई प्रयोग गरी सुन चोरी गर्ने गिरोह पक्राउ

0
Shares

बुटवल ।

रुपन्देहीमा सुन चोरी गर्ने नयाँ शैलीलाई प्रहरीले पत्ता लगाएको छ । वालवालिका प्रयोग गरी भिडभाड र हाटवजारहरुवाट महिला तथा पुरुषहरुले लगाएका सुनका गहना वालवालिका प्रयोग गरी चोरी गरेकाहरु रंगे हात पक्राउ परेपछि नयाँ रहस्य खुलेको हो ।

जिल्लाको कञ्चन गा.पा. वडा नं.४ बनकसिया निवासी वर्ष ७० की चमेली थापा आईतवार आईतबारे हाटबजारमा सरसामान किन्न गएको समयमा घाँटीमा लगाएको ३ तोला ४० लालको सुनको सिक्री २ जना वालकले चोरका थिए । थापाले आफ्नो सुनको सिक्रि चोरी गरेको भनि ईलाका प्रहरी कार्यालय सालझण्डी, जाहेरी दरखास्त दिएकी थिईन ।

प्रहरी टोलिले उक्त चोरी गर्ने हुलिया भएका व्यक्तिहरुलाई खोजतलासी गर्दै जाने क्रममा सोमवार कञ्चन गा.पा. वडा नं.४ बनकसिया डिहो स्थितमा लुकि छिपी हिडिँरहेको अवस्थामा परिवर्तित नाम वर्ष ११ को बि आर र परिवर्तित नाम वर्ष १२ को ए आर लाई प्रहरीले शंका लागि रोकी निजको शरिर खानतलासी गर्दा उनीहरुको साथबाट चोरी भएको सुनको सिक्रि फेलापरेको सालझण्डी प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताउनु भयो ।

प्रहरीले सो घटनाबारे पक्राउमा परेका नाबलाकहरुसँग थप अनुसन्धान गर्दा सो घटनामा जिल्ला पर्सा पटेर्वा सुगौली घर भई हाल जिल्ला रुपन्देही कञ्चन गाउपालिका वडा नं.४ हर्नाचौ बस्ने वर्ष ३३ को विजय राय नटको डिजाईनमा ती वालकलाई चुन चोरी गर्न लगाएको पत्ता लागेको प्रहरीले बताएको छ ।

पछी नाबालकहरुलाई सो घटनाबारे सोधपुछ गर्ने क्रममा बिजय रायले बिभिन्न स्थानहरुबाट बालकहरुलाई प्रलोभनमा देखाई चोरी गर्ने कार्यमा संलग्न बनाई चोरी गर्ने कार्य गरेको खुलेको प्रहरीले जनाएको छ ।

विजय राय नटले करिब एक महिना अघि पर्सा जिल्लाको निचुटा गाउँ घरबाट दुवैजनालाई जिल्ला रुपन्देही कञ्चन गाउपालिका वडा ४ हर्नाचौर स्थितमा बोलाई निज बालकहरुलाई सुनको सिक्री कसरी चोर्ने र कसरी भाग्ने भनि आफैँले गरेर सिकाई बजारमा भिडभाड भएको ठाउँमा लगी अटोरिक्सामा पुर्याई बालबालिकालाई प्रयोग गरि चोरी गर्ने गराउने गरेको रहस्य खुलेको प्रहरी निरीक्षक मरासिनीले बताउनु भयो ।

पक्राउ परेका तिनैजनालाई चोरी सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यदि कोहि व्यक्तिको मालसामान यि मानिसले चोरेको एकिन भएमा ई.प्र.का सालझण्डी रुपन्देही वा ०७१–४६५०१४ मा सम्पर्क गर्नुहुन प्रहरीले अनुरोध गरेको छ ।