बेपत्ता बालकको शव भेटियो

0
Shares

सिन्धुपाल्चोक।

बुधबारदेखि बेपत्ता बालकको शव भेटिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ६ स्थित हाँडिखोला धापका १२ वर्षीय अनुज बस्नेतलाई बुधबार बगाएको थियो ।

बालकको शव आज हाँडिखोला र ईन्द्रावतीको दोभानमा भेटिएको इलाका प्रहररी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीले जानकारी दिए ।

उनले बर्खाको समयमा नदी तथा खबरे खोला आसपास नजानसमेत आग्रह गरे । उनले अहिले पनि खेल्ने, नुहाउने, माछा मार्ने लगायतको बाहानामा बालबालिका तथा अन्य मानिस खोलामा जाने गरेको बताए ।