हात्तिवनमा स्कुटर ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु

0
Shares

ललितपुर।

ललितपुरको हात्तिवनमा गएराती स्कुटर अनियन्त्रीत भएर रोकी राखेको ट्रकको पछाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक ललितपुरको गोदावरी नगरपालिका–५ लेले घर भई हाल नख्खु बस्ने अन्दाजी २० बर्षीय सुरेश मोक्तान रहेका छन् ।

गम्भीर घाइते भएका मोक्तानको उपचारको लागी अस्पताल लैजादै गर्दा बाटौमै मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पाटन अस्पताल राखिएको छ ।

हात्तिवन स्थित सडक छेउमा रोकी राखेको बाग्मती प्रदेश ०१–००५ख ९४७५ नम्बरको ट्रकको पछाडी मोक्तानले चलाएको बाग्मती प्रदेश ०२–००७प ८६३८ नम्बरको स्कुटर गएराती पौने १ बजे ठोकिएको प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।