दुर्घटना हुँदा चालकको मृत्यु



काठमाडौं । जिल्लाको तिलोत्तमा नगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुने जिल्लाको मर्चवारी गाउँपालिका–१ का १९ वर्षीय रामचन्द्र केवट रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते भएका केवटको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । लु४०प ५९८९ नम्बरको मोटरसाइकल आफैँ नियन्त्रण गुमाएर आज बिहान दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्