प्रदेश सरकारद्वारा ३७ श्रष्टा सम्मानित



df]/ª, @* c;f/ . k|b]z g+ ! sf k|b]z k|d’v k/z’/fd vfk’Ë efg’ snf s]Gb| lj/f6gu/åf/f cflbslj efg’eSt cfrfo{sf] @)(cf}+ hGdhoGtLsf] pknIodf dªunaf/ lj/f6gu/df cfof]lht ax’eflifs sljtf jfrg tyf >i6f ;Ddfg Pj+ ;f+:s[lts sfo{qmddf …efg’ kqsfl/tfÚ k’/:sf/af6 g]kfn 6]lnlehgsf df]xg dfgGw/nfO{ ;Ddfg ub}{ . t:jL/ M dgf]h bfxfn, /f;;

काठमाडौं । प्रदेश नं १ सरकारले भाषा, कला तथा संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुहुने श्रष्टालाई आज यहाँ सम्मान गरिएको छ । पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा आयोजित श्रष्टा सम्मान २०७८ र २०७९ कार्यक्रममा प्रदेशद्वारा छनोट गरिएका ३७ जनालाई नगद र कदरपत्रसहित सम्मान गरिएको हो ।

बालकृष्ण पोखरेल भाषा, साहित्य, कला र संस्कृति सम्मानको राशि रु एक लाख, प्रदेश भाषा, साहित्य, कला र संस्कृति सम्मानको राशि ५० हजार तथा नवोदित भाषा, कला, साहित्य, कला र संस्कृतिको सम्मानको राशि २५ हजार र सम्मानपत्र रहेको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उहाँहरुलाई सम्मान गर्दै भाषा, कला र संस्कृति देशको पहिचान भएकाले यसको संरक्षण र सम्वद्र्धन गर्नु हामी सबैको कर्तव्य हो भने । उनले भाषा संस्कृतिबाटै सबै जातजाति एवं समुदायको पहिचान झल्किने भएकाले यस क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको धारणा राखे ।

मुख्यमन्त्री राईले विविध भाषा, साहित्य र संस्कृति हामी सबैको गौरवको रुपमा रहेको चर्चा गर्दै यसको विकासले विश्वमा नेपालको सम्पन्नता दर्शाउने धारणा राखे । उनले समुदायमा बोलिने विभिन्न भाषाको विकास एवं संरक्षणले समाज र मुलुकको विकासलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रदेश पर्यटन तथा संस्कृतीमन्त्री खिनु लङ्वा लिम्बूले प्रदेश सरकारले सदैव साहित्य र कला क्षेत्रमा योगदान पु¥याउने श्रष्टालाई सम्मान गर्ने प्रतिबद्धता जनाए । मन्त्रालयका सचिव ईश्वरकुमार गिरीले छनोट समितिको सिफारिसको आधारमा श्रष्टालाई सम्मान गरिएको जानकारी दिए । श्रष्टा सम्मानका लागि गत वर्ष खेम नेपाली तथा यस वर्ष गणेश रसिकको संंयोजकत्वमा छनोट समिति गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्