अध्यक्ष नेपालसँग लिउ जियानचाओको भेट



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गर्नुभएको छ । नयाँ बानेश्वरस्थित एक होटलमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटवार्तापछि अध्यक्ष नेपालले सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै कसरी नेपाल र चीनबीचको सम्बन्धलाई बलियो बनाउने विषयमा छलफल भएको बताए । अध्यक्ष नेपालले चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने नेपालको परराष्ट्र नीतिबारे आफूहरूले विश्वस्त बनाएको बताए ।

दुवै देशका राजनीतिकलगायत विभिन्न तहबाट हुने भ्रमणबाट एकापसमा सम्बन्ध सुमधुर रहने सिपिसीका विदेश विभाग प्रमुख जियानचाओले विचार व्यक्त गर्नुभएको र विभिन्न पार्टीसँग सम्बन्ध सुमधुर बनाउन चाहेको बताएका थिए ।

सो अवसरमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षद्वय जयन्ती राई र प्रमेश हमाल, उपमहासचिवद्वय डा गङ्गालाल तुलाधर र जगन्नाथ खतिवडा, सचिव प्रकाश ज्वालालगायत नेता सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्