यी हुन् जसपा अध्यक्ष उपेन्द्र पक्षको वीरगञ्जमा जारी बैठकमा सहभागी कार्यकारिणी सदस्यहरु (नामसहित)



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय कार्यकारिणी समितिको बैठक वीरगञ्जमा सुरु भएको छ । उक्त बैठक आज (मंगलबार) दिउँसो ४ बजेबाट वीरगञ्जमा सुरु भएको हो ।

संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षको काठमाडौं जडीबुटीमा केन्द्रीय समितिको विस्तारित बैठक बसेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षले पनि आजै वीरगञ्जमा कार्यकारिणी समिति बैठकको आयोजना गरेका हो ।

बैठकमा अध्यक्ष उपेन्द्र यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी, सुशीला श्रेष्ठ, रामसहाय यादव, मनिष सुमन, परशुराम बस्नेत, विजय यादव, मृगेन्द्र सिंह यादव, रकम चेमजोङ, रनध्वज कन्दङ्वा, युवराज कार्की, गजेन्द्र यादव, प्रकाश अधिकारी, शिवलाल थापा सहभागी छन् ।

कार्यकारिणी समिति ३५ सदस्यीय छ ।

प्रतिक्रिया दिनुहोस्