करारमा भर्ना गरिएका शिक्षक र कर्मचारी हटाउन थाले स्थानीय पालिकाले

0
Shares

मुगु।

मुगुका स्थानीय तहले करारमा भर्ना गरिएका शिक्षक र कर्मचारी हटाउन थालेका छन् । सोरु गाउँ पालिका र छायानाथ रारा नगरपालिकाले करारका कर्मचारी र शिक्षक हटाउन लागेका हुन् ।

आगामी साउन १ देखि करारका कर्मचारी र शिक्षकको करार अवधि नथप्ने निर्णय गरिएको सोरु गाउँ पालिका प्रवक्ता कुलचन्द्र जैसीले जानकारी दिए । गाउँ पालिका भरमा बिगतदेखि हालसम्मका नियुक्त गरेका सबै करार कर्मचारी र शिक्षकलाई काममा नआउन जानकारी गराइएको उनले बताए । गत वर्ष ३० गतेपछि नियुक्त भएकाको करार अवधि साउन १ गतेदेखि नथप्ने निर्णय भएको गाउँपालिकाका उपाअध्यक्ष केशर बहादुर शाहिले बताए ।

स्रोत सुनिश्चितता नगरी कर्मचारी भर्ना गरेको पाइएको र उनीहरूलाई तलब दिन रू२७लाख अपुग भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा पहिलादेखि नै करारमा कार्यरत अन्य कर्मचारी र शिक्षकको हकमा उनीहरूको व्यवस्थापन गर्न कार्यदल बनाइएको छ ।

कार्यदलले तयार पार्ने प्रतिवेदनका आधारमा करारका कर्मचारीको व्यवस्थापन गरिने उपाध्यक्ष शाहिले बताए । गाउँपालिकाले दरबन्दीका कर्मचारी लोकसेवा आयोगबाट माग गर्ने नीति लिएको छ ।

यस्तै करार शिक्षकका बारेमा आगामी आर्थिक वर्षमा कसरी अगाडि बढ्ने भन्ने पालिकाले निर्णय गरी नसकेकाले विद्यालयलाई सचेत गराइएको छायानाथ रारानगरपालिकाका बिष्णु कुमार भामले बताए ।

केही विद्यालयले करार शिक्षकको आफूखुसी करार नवीकरण गरिरहेको जानकारी प्राप्त भएको र त्यसो नगर्न नगरपालिकाले आग्रह गरेको छ ।
सोरु गाउँ पालिकाको शिक्षा शाखाले सूचना जारी गर्दै नगर क्षेत्रभित्रका विद्यालयमा कार्यरत करार शिक्षकको अवधि थप्ने/नथप्ने क्षेत्राधिकार पालिकाको रहेकाले यसतर्फ सचेत हुन सबै विद्यालयलाई आग्रह गरेको छ ।

पालिकामा अनुदानको रकम किरब १२ लाख कम हुँदा २ महिनादेखि अनुदानका शिक्षकले तलब पाउन सकेका छैनन्। ५६ सालबाट आफुहरुले वडा प्रािबिधक भयर काम गरेको तर यतिबेला सोरुगाउपालिकाले पहिलादेखिका करार कर्मचारीलाई समेत हटाउँने निर्णयले आफुहरु अदालत जाने तयारिमा रहेको सोरु गाउपालिका वडा न का प्राबिधिक सर्जन शाहिले बताए। स्थानिय तहहरुले करार कर्मचारी हटाउने निर्णयले सोरु गाउँ पालिकामा ५६ र छायाँनाथ रारा नगरपालिकाका १ सय भन्दा बढि कर्मचारी बेरोजगारी बन्ने छन्।