‘चीन विरोधी गतिविधि गठबन्धनले गरेको हो, मेरो नेतृत्वको सरकारले गरेको होइन’

0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चीन विरोधी गतिविधि गठबन्धन सरकारले गरेको आरोप लगाएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओसँगको भेटमा उनले यस्तो आरोप लगाएका हुन् ।

आज (मंगलबार) नेपाल भ्रमणमा रहेका सीपीसीका विदेश विभाग प्रमुख लिउ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको छ । भेटमा दुई देशबीचको आपसी सम्बन्धका बारेमा छलफल भएको उनको सचिवालयले जनाएको छ ।

ओलीसँगको भेटमा लिउले पछिल्लो पटक नेपालमा भइरहेका चीन विरोधी गतिविधिबारे ओलीसँग जिज्ञासा राखेका थिए । उनको जिज्ञासामा ओलीले आफ्नो नेतृत्वको सरकारको पालामा चीन विरोधी कुनै गतिविधि नभएको बताएका थिए । उनले बरू चीन विरोधी गतिविधि गठबन्धन सरकारले गर्दै आएको बताएका छन् ।