वीरगञ्जको बैठक स्थगित गर्न बाबुराम पक्षको आग्रह, वार्ता र संवादका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड

0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवबीच देखिएको विवादका कारण जसपाको विवाद उत्कर्षमा पुगेको हो ।

अध्यक्षद्वयको विवादले जसपाको बैठक नै छुट्टाछ्ट्टै बस्ने भएको छ । बाबुराम पक्षको केन्द्रीय समितिको बैठक आज (मंगलबार) काठमाडौंमा बसेको छ । त्यस्तै उपेन्द्र पक्षको केन्द्रीय कमिटीको बैठक पनि अाजै वीरगञ्जमा बस्दैछ ।

वीरगञ्जमा उपेन्द्र पक्षको बैठक स्थगित गरेर वार्तामा आउन बाबुराम पक्षले आग्रह गरेको छ । काठमाडौं जडिबुटीमा सुरु भएको आफूपक्षीय केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै भट्टराईले वीरगञ्जमा बोलाएको बैठकमा आफूहरुलाई नबोलाएकोले नगएको बताएका छन् ।

जसपा नेपाललाई देशमा वैकल्पिक शक्तिको रुपमा निर्माण गर्न लागेको बताउँदै उनले पार्टीको बहुमत संख्या र आफूसँग रहेको भट्टराईले दाबी गरेका छन् । छुट्टाछुट्टै बैठकको आह्वान गरेर विवाद बल्झाउनुभन्दा वार्ता र संवादको माध्यमबाट पार्टी भित्रको समस्याको समाधान गर्नुपर्नेमा बाबुराम पक्षको जोड छ ।