महिला सांसदले आन्दोलन गर्नुपर्ने अवस्था आयो : वामदेव


काठमाडौं ।

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले उपसभामुख र उपाध्यक्ष नियुक्तिका लागि महिला सांसदहरुले आन्दोलन नै गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको उपसभामुख पद झण्डै चार वर्षदेखि रिक्त छ भने राष्ट्रियसभा उपाध्यक्ष पद पनि केही महिनादेखि खाली छ । राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा बोल्दै गौतमले यो विषय सरकार र दलहरुको प्रथामिकतामा नपरेको बताए ।

संविधानले पुरुष नभए पनि हुन्छ, तर बराबरी हक अधिकार छ भन्ने सन्देश दिन महिला अनिवार्य गरेको भन्दै उनले उपाध्यक्ष नियुक्तका लागि राष्ट्रियसभा अध्यक्षको पनि ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभामा उपसभामुख पद झण्डै चार वर्षदेखि रिक्त हुनु लाजमर्दो भएको भन्दै उनले भने, ‘यदि पुरुष अनिवार्य भनेको भए खाली भएको ५ दिनमा नियुक्ति भइसक्थ्यो । जुन ठाउँमा महिला अनिवार्य भनिएको छ, त्यो भएको छैन । यो लाजमर्दो कुरा हो । महिला माननीयहरुले आन्दोलन नै गर्नुपर्ने जस्तो लागेको छ ।’