बुटवलको होटेलमा युवती मृत फेला

0
Shares

बुटवल ।

बुटवलको गोलपार्कस्थित एक होटेलमा एक युवती मृत फेला परेकी छन् ।

गाल्धाली होटेलमा २१ वर्षीय सदीक्षा गुरुङ कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । मृतक गुरुङ बुटवल वडानंम्बर २ की बासिन्दा भएको प्रहरीले जनाएको छ ।

उनी एक युवकसँग शुक्रबार राति होटेलको कोठा नंं १०५ मा बसेको खुलेको छ। युवक राति नै बिल तिरेर गएको र पछि उनीहरू बसेको कोठामा हेर्न जाँदा किशाेरी झुन्डिएको अवस्थामा मृत पाइएको होटल सञ्चालकको भनाइ छ ।​

मृतकका आफन्तहरूले शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएका छन् ।

उनीसँगै बसेका युवक पक्राउ परेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले युवकको परिचय भने खुलाएको छैन । उनी घटनापश्चात फरार भएका थिए ।