हिमालयन र सिभिल बैंकबीचको मर्जर स्थगित

0
Shares

काठमाडौं।

शुक्रबारका लागि तय गरिएको हिमालयन र सिभिल बैंकबीचको मर्जरसम्झौता स्थगित भएको छ । दुवै बैंकबीच पूर्व सहमति अनुसार कुरा नमिलेपछि मर्जर स्थगित भएको हो।

शुक्रबार १ बजे सोल्टी होटलमा मर्जरको सम्झौतासहित पत्रकार सम्मेलन गर्ने तय भएको थियो । तर बिहीबार बेलुका एकाएक हिमालयन बैंक र सिभिल बैंकबीच कुरा नमिलेपछि भाँडिने खतरा बढेको हो ।

हिमालयनले सिभिललाई प्रति कित्ता ८१ रुपैयाँका दरले गाभ्ने सहमति भएको थियो। त्यही सहमति अनुसार, मर्जरका लागि औपचारिक सम्झौता गर्ने मिति र समय तय गरिएको थियो।

धेरै कुराहरु मिलेर प्राप्ति गर्नेसम्बन्धी सम्झौताको तयारी गरिएपनि केहि सहमतिहरु बाँकी रहेकाले सम्झौता नै स्थगित भएको स्रोतको भनाई छ ।

यस्तै कर्मचारीको हैसियत बराबर गरेर सबै हिमालयनले भनेकै हुने प्रस्ताव गरेको थियो तर, हिमालयनले अन्तिम आवरमा १००ः८१ को स्वाप रेसियो र कर्मचारीको समायोजनको कुरा यकिन नगरेपछि उक्त सम्झौता स्थगित हुने पुगेको स्रोतको भनाई छ ।