खनाल र खराल सचिवमा बढुवा



काठमाडौं ।

सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवद्वय डा.गोपी खनाल र डा. दीपक खराललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

दीपक काफ्ले र नारायणप्रसाद शर्मा दुवाडीलाई पछि पार्दै खनाल सचिव बनेका हुन् । खराल भने एकल सिफारिसमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्