खर्च नभएको रकम फिर्ता



काठमाडौैं ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खर्च नभएको १ अर्ब ५० करोड रुपियाँ अर्थ मन्त्रालयलाई फिर्ता गरेको छ । आयोगले खर्च नभएको रुपियाँ अझ बढ्न सक्ने अनुमान गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अर्थ मन्त्रालयबाट स्थानीय तह निर्वाचनका लागि सुनिश्चित भएको रुपियाँमध्ये १ अर्ब ५० करोड खर्च नहुँदा असार १६ गते फिर्ता पठाएको जानकारी दिनुभयो । आयोेगले स्थानीय निर्वाचनका लागि मन्त्रालयसमक्ष ८ अर्ब ९५ करोड बजेट माग गरेको थियो, तर मन्त्रालयले ८ अर्ब ११ करोड बजेट सुनिश्चित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्