आईएमई जनरल इन्स्योरेन्स र ग्यालेक्सी क्लिनिकबीच सम्झौता



काठमाडौं  ।

आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेसलिटी क्लिनिकबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सी स्पेसलिटी क्लिनिकका प्रबन्ध निर्देशक शिवराज केसीले हस्ताक्षर गर्नुभयो ।

सम्झौतापश्चात् आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, सेयरधनी तथा ग्राहकलाई ग्यालेक्सी स्पेसलिटी क्लिनिक महाराजगञ्जबाट प्राप्त हुने सेवाहरू एक्सरे, यूएसजी, ईसीजी, ईकोलगायतका सेवामा १० प्रतिशतसम्म र ओपीडी सेवामा २५ प्रतिशतसम्मको छुट प्राप्त हुने हुनाले आईएमई जनरल इन्स्योरेन्सका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्