काठमाडौँ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल लिटरमा २ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ९ रूपैयाँ , हवाइ इन्धन आन्तरिकमा पाँच रूपैयाँ वृद्धि गरेको हो।
नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १८१ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ । त्यस्तै निगमले हवाई इन्धनको मूल्य १९० रूपैयाँ कायम गरेको छ।
निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।
भारतीय आयल निगमबाट इन्धनको मूल्य बढेर आएकाले नेपालमा पनि बढाउनुपरेको निगमले जनाएको छ ।
एक साताअघि मात्रै सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ कर घटाएको थियो ।
प्रतिक्रिया