आज पनि घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

0
Shares

काठमाडौँ।

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन शुक्रबार तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी शुक्रबार चाँदीको पनि घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेर एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।