रोटरी जोर्नो अवार्डबाट पत्रकार बिएम आचार्य पुरस्कृत

0
Shares

काठमाडौं ।

रोटरी जोर्नो अवार्ड २०२२ बाट शिक्षा पत्रकार बालमुकुन्द आचार्य (बिएम) पुरस्कृत हुनुभएको छ । रोटरी इन्टरनेशनल नेपालले हरेक बर्ष प्रदान गर्ने उक्त अवार्डबाट शिक्षा पत्रकारिता विधाबाट शिक्षालय राष्ट्रिय मासिक पत्रिकाका कार्यकारी सम्पादक तथा पानोरमा टेलिभिजनका निर्देशक आचार्य पुरस्कृत हुनुभएको हो ।

आचार्यसहित स्वास्थ्य विधामा सिर्जना बराल, वातावरण विधाबाट राजेश घिमिरे, आर्थिक विधाबाट भिम गौतम, महिला र विकास विधाबाट कविता श्रेष्ठ पुरस्कृत हुनुभएको हो ।

समारोहमा वरिष्ठ संचारकर्मी कृष्णा ताम्राकारलाई सम्मान गरिएको छ । यसैगरी रोटरीको अभियानलाई संचारमाध्यममा प्रचार गरेवापत विशेष पुरस्कार शंकर खरेललाई प्रदान गरिएको छ ।

कार्यक्रममा पुरस्कृत हुने पत्रकारहरुलाई रोटरी इन्टनेशनल नेपालका डिस्ट्रिक गभर्नर सन्तोष रिजालले सम्मानित गर्नुभएको हो ।

रोटरी डिस्ट्रिकबाट यस बर्षको जोर्नो अवार्ड संयोजकको जिम्मेवारी वरिष्ठ संचारकर्मी तथा रोटरियन मञ्जु लामिछानेले रहनुभएको थियो ।

यसैगरी अवार्डको जुरीको रुपमा संचारकर्मी अनिता विन्दु, नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरी, राष्ट्रिय समाचार समितिका महाप्रवन्धक सिद्धराज राई, नेपाल प्रेस इन्स्टिच्यूटकी उपप्रमुख मोन्टेश्वरी राजभण्डारी रहनुभएको थियो ।